Connect with us

समाचार

क्षयरोग उपचारमा ‘ब्रेक थ्रु

Published

on

काठमाडौं : क्षयरोग निदान र औषधिको प्रभाव थाहा पाउन हप्तौं कुर्नुपर्दा बिरामी झनै गम्भीर बन्नुपर्ने अवस्था कायमै छ। भरपर्दो प्रविधि अभावमा लामो समय पर्खेर पनि वास्तविक नतिजा पाउन नसकेको कतिपय बिरामीको गुनासो छ। उक्त समस्या हटाउन सरकारले सबैभन्दा छिटो रोग निदान र बिरामीमा औषधिको प्रभावबारे जाँच गर्न सक्ने विश्वकै उच्चस्तरीय प्रविधि काठमाडौं र काभ्रेका ठूला अस्पतालमा विस्तार गरेको छ।

महँगो तर भरपर्दो मानिएको प्रविधि ‘जिनी एक्सपर्ट’ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र धुलिखेल अस्पतालमा विस्तार गरिएको हो। राष्ट्रिय क्षयरोग केन्द्र र यी अस्पतालबीच मंगलबार भएको सम्झौतासँगै सम्भवतः यो सातामै उक्त प्रविधिबाट बिरामीले रोग निदान र औषधि प्रभावबारे निःशुल्क जाँच गर्ने अवसर पाउनेछन्।

केन्द्रका चिकित्सकले यो प्रविधिबाट रोग निदान दुई घन्टामै हुने र बिरामीमा सबैभन्दा धेरै चलाइने औषधि ‘रिफामपिसिन’ले असर गरे/नगरेको पत्ता लाग्ने बताएका छन्। यसलाई उनीहरुले क्षयरोगको निदान र उपचारमा ‘ब्रेक थ्रु’का रूपमा लिएका छन्। केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले रोग निदान र औषधिको असर पहिचानका लागि उक्त प्रविधि अति नै संवेदनशील, उच्चस्तरीय र भरपर्दो भएको दाबी गर्नुभयो। उहाँका अनुसार चाँडै यो प्रविधि महाकाली अञ्चल अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, तनहुँको दमौली अस्पताललगायत पाँच स्वास्थ्य संस्थामा विस्तार गर्ने योजना छ।

यसअघि विभिन्न स्वास्थ्य संस्थामा रहेका ‘माइक्रोस्कोप मेसिन’बाट खकार पटक-पटक जाँच गरिन्थ्यो। तापनि, कतिपय बिरामीको रोग निदान हुन सक्दैन। ‘जिनी एक्सपर्ट’बाट ९० प्रतिशतभन्दा बढी रोगको निदान हुने केन्द्रका छातीरोग विशेषज्ञ डा. सुरेशकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार ‘कल्चर’बाट खकारको निदान गर्न कम्तीमा आठ साता लाग्ने गर्छ। उक्त प्रविधिबाट फोक्सोको क्षयरोग निदानमा खकार, ग्रन्थिको क्षयरोगको निदानमा ग्रन्थि झोल, हड्डीको क्षयरोग निदानमा ‘पप्स’लगायत परीक्षण गरिन्छ। यद्यपि, दिसा-पिसाब, रगत, मुटु, पेट र घुँडाको पानी परीक्षण हुँदैन।

अति संवेदनशील प्रविधि

चिकित्सकले यो प्रविधि अति संवेदनशील भएकाले सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। १० देखि ३० डिग्री सेल्सियसको तापक्रममा ‘जिनी एक्सपर्ट’ सञ्चालन गर्नुपर्छ। निरन्तर बिजुलीको उपलब्धतामा मात्र यो प्रविधि सञ्चालन सम्भव छ। धूलो यो प्रविधिका लागि सबैभन्दा ठूलो शत्रु रहेको श्रेष्ठले बताउनुभयो।

प्रयोगमा चिन्ता

यसअघि २७ स्थानमा ३० वटा यस्तै प्रविधि सञ्चालित छन्। तर, पर्याप्त प्रयोगमा आउन नसक्दा सरकारको लगानीअनुसार बिरामीले फाइदा लिन नसकेको विज्ञ बताउँछन्। परीक्षण गर्ने बिरामी धेरै भए पनि सरकारी स्वास्थ्य संस्थामा यो प्रविधि बिहान १० देखि २ बजेसम्म मात्र सञ्चालन हुन्छ। यो प्रविधिबारे प्रचार नहुँदा धेरै बिरामी सेवाको पहुँचबाहिर रहेको केन्द्रको प्रयोगशाला प्रमुख गोकर्ण घिमिरेले बताउनुभयो।

सीमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्रै यो प्रविधि सञ्चालनबारे ज्ञान भएकाले बिरामीको यसको पहुँचमा पुग्न नसकेको घिमिरेले बताउनुभयो। माइक्रोस्कोप’बाट पाँच सय ८० ठाउँमा क्षयरोगको जाँच भइरहेको छ। ‘कल्चर’बाट जाँच गर्ने सुविधा भने काठमाडौंको राष्ट्रिय क्षयरोग केन्द्र र कालिमाटीको ‘जर्मन नेपाल ट्युबरक्लोसी प्रोजेक्ट’मा छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतको मध्यपश्चिम क्षेत्रिय अस्पताल र पोखराको क्षत्रिय क्षयरोग केन्द्रमा पनि उक्त सुविधा विस्तार गर्ने योजना सरकारको छ।

(स्रोत   दीपा दाहाल, अन्नपुर्ण पोस्ट)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार