Connect with us

नर्सिङ

बच्चालाई यस्तो पोषण

Published

on

रूपा के.सी  (नर्स)

घरमा पाँच वर्षभन्दा कम उमेरका बच्चा छन् ? उसलाई के खुवाउने गर्नुभएको छ ? बच्चाको उमेरअनुसार फरक–फरक आहार आवश्यक पर्छ । पोषणमा तल–माथि भएमा अत्यधिक मोटो तथा कुपोषणको सिकार हुने खतरा रहन्छ । बच्चाको शारीरिक र मानसिक विकासमै असर पुग्छ । त्यसैले कुन उमेर र समयमा बच्चालाई कस्तो खाना खुवाउने भन्ने विचार पुर्याउनुपर्छ ।

जन्मेदेखि ६ महिनासम्म
बच्चा जन्मेको एक घन्टाभित्र खानपान गराउनु हुँदैन । यो उमेरमा पानी पनि खुवाउनु हुँदैन । किनभने, आमाको दूधबाट आउने पानीको मात्रा नै बच्चाका लागि पर्याप्त हुन्छ । ६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक अन्य खानेकुरा तथा झोल कुरा नखुवाउनु नै राम्रो हुन्छ । आवश्यक नै प¥यो भने केही पोषण दिनुपर्ने हुन सक्छ । यो अवधिमा २४ घन्टामा १० पटक बच्चालाई खुवाउनुपर्छ । दूध चुसाउ“दा एउटा स्तनबाट कम्तीमा पनि १५ मिनेटसम्म चुसाउनुपर्छ । आमाले पालैपालो गरेर दुवै स्तनको दूध सकिने गरी चुसाउनुपर्छ । यसले आमाको स्तनमा समस्या हुन पाउँदैन ।

६ महिनादेखि एक वर्षसम्म
६ महिना पूरा भएपछि बच्चालाई आमाको दूध मात्रै पर्याप्त हुँदैन । आमाको दूध पेट भरिने गरी आए पनि आमाको दूधमा आवश्यक पोषणको कमी हुन सक्छ । तर, आमाको दूध चुसाउन छोड्नु भने हुँदैन । आमाको दूध निरन्तर खुवाउनुका साथै लिटो, पोसिलो जाउलो, खिचडी खुवाउनुपर्छ । हरेक दिन एकपटक मौसमअनुसारको फलफूल खुवाउनुपर्छ । दिनमा कम्तीमा तीनपटक स्तनपान गराउने र तीन पटक खाना  खुवाउनुपर्छ ।

एक वर्षदेखि दुई वर्षसम्म
वर्षदिन पूरा भएका बच्चालाई पोषण बढाउनुपर्छ । एकदेखि दुई वर्ष उमेरका बच्चालाई आमाको दूधका साथै नियमित खाना खुवाउनुपर्छ । खानामा गेडागुडी, कुखुराको अन्डा, सागपात मिचेर खुवाउनुपर्छ । लिटो, जाउलो, खिचडी, चिउरा, रोटी, भटमास, गेडागुडी मिसाएको पोषिलो खाना पनि खुवाउनुपर्छ । खाना तथा खाजामा घिउ, तेल आदिको मिश्रण गरी थप पोषिलो बनाउन सकिन्छ । नियमित स्तनपानका अतिरिक्त तीन पटक खानाका साथै दिनमा दुई पटक खाजा खान दिनुपर्छ ।

दुई वर्षदेखि पाँच वर्षसम्म
दुई वर्ष नाघेका तथा पाँच वर्षमुनिका बच्चालाई खानाको मात्रा झन् बढाउनुपर्छ । नियमित रूपमा खाने खानासँगै सागपात, गेडागुडी र अन्डा मिसाएर खुवाउनुपर्छ । बिहान र बेलुका एक–एक कप गाईको दूध खुवाउनुपर्छ । बिहानको समयमा खिचडी, लिटो, चिउरा खुवाउनु राम्रो हुन्छ । खानामा घिउ, नौनी मिसाएर खुवाउनु उत्तम हुन्छ । दिनमा तीनपटक खाना र दुईपटक खाजा अनिवार्य खुवाउनुपर्छ ।

र, यो पनि
बच्चाको पोषण स्थिति थाहा पाउन जन्मेदेखि २३ महिनासम्म प्रत्येक महिना तौल जाँच गर्नुपर्छ । दुई वर्ष देखि ३५ महिनासम्मका बच्चालाई प्रत्येक दुई महिनामा एकपटक तौल लिनुपर्छ । ३५ महिना देखि ५९ महिनासम्मको बच्चालाई भने प्रत्येक चार महिनामा एक पटक तौल लिँदा हुन्छ । यसका साथै पाखुराको नाप पनि लिने गर्नुपर्छ । यो अवधिमा तोकिएका खोप तथा भिटामिन नियमित लगाउने तथा खुवाउने गर्नुपर्छ ।

( केसी  जिल्ला अस्पताल, रसुवा मा कार्यरत छन्)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अवसर

वीरअस्पतालमा MN/BNS/BMS को भर्ना खुल्यो

Published

on

काठमाण्डाै, १७  असोज ।  चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान वीर  अस्पताल ले MN/BNS/BMS को अावेदन खुल्ला गरेको छ। प्रतिष्ठानमा MN/BNS/BMS पढ्नको लागि  प्रवेश परिक्षा दिन चाहानेले फाराम असोज  २१  गते देखि कार्तिक  २० गते सम्म भर्न  सक्ने छन्। अावेदकले फाराम अनलाइन बाट फारम  भर्नु पर्ने छ र  दरखास्त दस्तुर  इ सेवा बाट भुक्तानी गर्नु पर्ने  प्रतिष्ठानले जनाएको छ। थप जनाकारी को लागि प्रतिष्ठानको वेब साइट www.nams.org.np   मा हेर्न सकिने छ।

BNS/BMS को पुरा सुचना हेर्नुहोस्

 

MN को पुरा सुचना हेर्नुहोस्

थप समाचार

एउटै खोप केन्द्रका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी र जापानी वैज्ञानिकलाई संयुक्त रुपमा दिने घोषणा

हेल्थ असिस्टेन्ट संघले आफ्ना माग पुरा गर्न स्वास्थ्य मन्त्रालयलाई दियो ३ दिन को अल्टिमेटम

वीर अस्पतालमा MD/MS/MDS मा भर्ना खुल्यो

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी,एमएस, एमपीएच र नर्सिङ पढ्ने अवसर

Continue Reading
Advertisement " />

प्रमुख समाचार