Connect with us

यौनस्वास्थ्य

परिवार नियोजनको कुन साधन कस्तो ? जानी राखौ

Published

on

परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी २ किसिमका हुन्छन् । स्थायी महिला तथा पुरूष दुवैमा गर्न सकिन्छ जसलाई बन्ध्याकरण भनिन्छ । यसले स्वास्थ्यमा कुनै असर गर्दैन तर महिलामा भने ढाड दुख्ने हुन्छ भन्छन् तर यो शल्यक्रियाको कारणले ढाड दुखेको भने होइन । कुनै कुनै समयमा ट्यूब राम्रोसँग टाइट भएन भने पे्रग्नेन्सी हुन सक्छ । कहिलेकाहीँ ट्यूव पाठेघरमा नबसी नलीमा बस्नसक्छ त्यस अवस्थामा महिलामा रक्तस्राब भएर जटिल अवस्था आउने र शल्याक्रिया नै गर्नु पर्ने हुन्छ ।

स्थायी बन्ध्याकरणले पुरुषमा यौन इच्छा कम भएर जान्छ भन्ने गरिन्छ तर यस्तो भने हँुदैन । पुरुषमा आफ्नै कारणले गर्दा यौनइच्छा कम हुने हो । स्थायी बन्ध्याकरण गर्दा पुरुषमा असफल हुने दर भने बढी हुन्छ । फलस्वरुप, महिलाले गर्भधारण गर्न पुग्छन् ।

परिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडि, डायफ्राम पर्दछन् । कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ ।

परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर पनि कम हुन्छ । साथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने संभावना १८ प्रतिशतसम्म हुन्छ ।

यदि महिलाले नियमित रुपमा पिल्स खाएमा फेलिएर हुने दर सबैभन्दा कम हुन्छ । तर महिलाले उक्त चक्की ठिक समयमा नै खानुपर्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । पिल्सले पाठेघरमा हुने क्यान्सरबाट समेत बचाउछ । तर पिल्स धेरै खाएमा स्तन क्यान्सर हुने संभावना पनि त्यतिकै हुन्छ । विशेष गरी पिल्स ४० वर्षपछि नखानु नै राम्रो हुन्छ । उच्च रक्तचापमा पिल्स खानु हुँदैन । पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । लामो समयको प्रयोगमा यी समस्या सामान्य हँुदै जान्छ ।

डिपोप्रोभेरा तीन/तीन महिनामा दिने इन्जेक्सन हो । महिलाले डिपोप्रोभेरा जुन सुकै उमेरमा पनि लगाउन सक्छन् । यसको फेलिएर दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने संभावना हुन्छ ।

धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउदैन । महिलाले इन्जेक्सन लगाउदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६–९ महिना पछि मात्र गर्भाधारण गर्न सक्छन् ।

नरप्लान्ट ७ वर्षको लागि दिइन्छ । यो अरु साधन भन्दा महंगो हुन्छ । त्यसैले सजिलै सँग पाउन सकिदैन । नरप्लान्ट राख्नको लागि तालिम प्राप्त व्यक्ति हुनु पर्छ । यो शरीर भित्र राख्ने भएता पनि यसले शारीरिक रुपमा कुनै पनि किसिमको असर गर्दैन ।

आईयूसिडि अन्तर्गत कपरटी, लुप पर्दछन् । नेपालमा कपरटीको प्रयोग धेरै गरिन्छ । यो एकपटक लगाएपछि १२ वर्षसम्मलाई काम गर्छ । कपरटी पुरुषले थाहा नपाउने गरी प्रयोग गरिरहन सकिन्छ । यदि कपरटी बीचमा निकाल्नु परेमा पनि निकाल्न सकिन्छ । कपरटीको प्रयोग गर्दा महिनावारीको समयमा पेट दुख्ने, खुट्टाहरु, तिर्घाहरु दुख्ने हुन्छ । कहिलेकाहीँ महिनावारीको समयमा रक्तस्राव बढी हुन्छ । कपरटी राखिसकेपछि समय समयमा परीक्षण गर्नुपर्छ ।

४० वर्ष पुगेपछि डिपोप्रोृभेरा, नरप्लान्ट, आईयूसिडिको प्रयोग गर्नुपर्छ । तर ४० वर्षपछि पिल्स भने खानुृ हँुदैन । पिल्सले ४० वर्ष पुगेपछि उच्च रत्तचाप बढाउने, ह्दयघात हुने सम्भावना हुन्छ ।

आईयूसिडि प्रयोग नगर्ने अवस्था
गर्भ रहेको बेला वा गर्भको शंका लागेमा
कुनैबेला पाठेघर वा नलीको संक्रमण भएमा
कुनैबेला डिम्बबाहिनी नलीमै गर्भ रहेर समस्या परेको भए
महिनावारी हुँदा अत्यधिक रक्तस्राव वा पिडा हुँदा
रक्तअल्पता भएमा
कहिल्यै गर्भवती नभएको भए

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यौनस्वास्थ्य

कण्डमको विज्ञापनले विवादमा सनी

Published

on

मुम्बई- भारतीय रियालिटी शो ‘बीग बोस’ हुँदै फिल्म ‘जिष्म २’बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार सनी लिअोन बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी उन लाई सोही विज्ञापनले विवादमा ल्याएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनमाथि गोवाका नेता प्रान्सिस्को सिल्वेरियाले आपत्ति जनाएका छन्। उनले जुन किसिमले कण्डमको प्रचार गरिएको छ, त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने उनले माग गरेका छन्। ती नेताले विज्ञापनका कारण आफूहरु लज्जित भएको बताएका छन्। ‘गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा कण्डमको विज्ञापनको प्रचार भएको छ। यो विज्ञापनको पोष्टर बसमा पनि टाँसिएको छ,’उनले भनेका छन्,’यस्तो किसिमको विज्ञापनबाट हामी गोवाका मानिसहरुलाई के सिकाईरहेका छौं? बसमा विद्यार्थी पनि यात्रा गर्छन। यस्तो विज्ञापनबाट उनीहरुले के सिक्छन्। यस्तो विज्ञापनबाट गोवाका मानिसमा नराम्रो प्रभाव परिरहेको छ।’

मैनफोर्स कण्डमको सद्भावना दुतसमेत रहेकी सनीले यही  कण्डमको विज्ञापनमा अभिनय गर्दा विवाद बढेको हो। यसअघि यो कण्डमको विज्ञापनमा देखिएकी सनी त्यो समयमा पनि विवादमा तानिएकी थिइन्।

यसअघि रिपब्लिकन पार्टी अफ इण्डियाको महिला शाखाले पनि सनीको कण्डम विज्ञापनको विरोध गरेको थियो। उनीहरुले विज्ञापन हेरेर महिलाहरु लज्जित हुनुपरेको जनाएका छन्। आफ्नो विज्ञापनको विरोध भएपछि सनीले आफूले हस्ताक्षर गरेको ब्राण्डको विज्ञापन प्रति आफूले नैतिक जिम्मेवारी लिने गरेको बताएकी छन्।

Continue Reading

यौनस्वास्थ्य

शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता

Published

on

बीबीसी नेपाली। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निष्कर्षको विश्लेषण गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्।

तर कतिपय विज्ञहरुले मानव प्रजनन् दरको पछिल्लो निस्कर्षप्रति आशंका व्यक्त गरेका छन्।

प्रमुख अनुसन्धानकर्ता डा. हागाइ लेभिनले पुरुषको शुक्रकीट घट्ने क्रमका कारण भविष्यमा के होला भनेर आफू “निकै चिन्तित” भएको बताए।

अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको नयाँ सोधका क्रममा सन् १९७३ देखि सन् २०११ सम्म गरिएका १८५ वटा अध्ययनका निस्कर्षको विश्लेषण गरिएको बताइएको छ।

एपिडिमिओलोजिस्ट समेत रहेका डाक्टर लेभिनले बीबीसीसँग भने अहिलेको क्रम जारी रहेका मानव जाति नै लोप हुन सक्छ।

‘चाखलाग्दो’

“हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु।”हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु डा. हागाइ लेभिन, प्रमुख अनुसन्धानकर्ता, हिब्रु विश्वविद्यालय

“अन्ततोगत्वा हामीले प्रजनन् सम्बन्धी समस्याहरु भोग्नुपर्ने हुन सक्छ र त्यसले मानव प्रजातिलाई नै लोपको संघारमा पुर्‍याउन सक्छ।” तर सो अध्ययनमा प्रत्यक्ष रुपमा संलग्न नभएका वैज्ञानिकहरुले अध्ययनको गुणस्तरको प्रशंसा गरेका छन् तर त्यसैका आधारमा यस्तो निस्कर्षमा पुग्न नसकिने बताएका छन्।

जेरुसलेमको हिब्रु विश्वविद्यालयका डाक्टर लेभिनले अध्ययनको क्रममा पुरुषहरुको शुक्राणुमा ५२.४%ले कमी आएको पत्ता लगाएका छन्। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषको कुल शुक्रकीटको संख्यामा ५९.३% ले कमी आएको पाइएको बताइएको छ।

त्यो अध्ययनका अनुसार ती देशका पुरुषको शुक्रकीटमा कमी आउने क्रम जारी छ र सम्भवत त्यो बढीरहेको हुन सक्छ।

अध्ययनका क्रममा दक्षिण अमेरिका, एसिया र अफ्रिकाका पुरुषका शुक्रकीटको संख्यामा कमी नआएको पाइएपनि ती महादेशमा पर्याप्त अध्ययन नभएको बताइएको छ। तर डाक्टर लेभिनको चिन्ता छ ती महादेशमा पनि पुरुषको शुक्रकीटको संख्यामा कमी आउने क्रम जारी रहन सक्छ।

Source http://www.bbc.com/nepali/40724541

Continue Reading

यौनस्वास्थ्य

यस्तो रहेछ महिलाहरुको यौन सन्तुष्टिको राज

Published

on

महिलाहरु यौनसम्पर्कको एक क्षणमा लगातार २० पटक चरम सुख (ओर्गेज्म) मा पुगेपछि मात्र सन्तुष्ट हुन्छन् । यसको खुलासा हालै बेलायती अखबार ‘मिरर’मा छापिएको एक रिपोर्टले गरेको हो ।

रिपोर्टको अनुसार अनुसन्धानमा दुई प्रतिशत महिलाहरु लगातार २० पटक चरम सुख प्राप्त गर्छन्, जब आठ प्रतिशत महिलाहरु लगातार १० पटक चरम सुखपछि सन्तुष्ट हुन्छन् । सेलिब्रेटी सेक्सुअल विशेषज्ञ डा डेल्विन र डा क्रिस्टीनी वेबरले यस विषयमा अनलाइन सर्वेक्षण गरेका थिए ।

उक्त सर्वेक्षणमा २० देखि २४ वर्षसम्मका कुल १२ सय ५० महिलाहरुले भाग लिएका थिए । सर्वेमा उनीहरुसँग यौनक्रियामा कामोत्तेजनाको बारेमा सोधिएको थियो । डा डेल्विनका अनुसार यौनसम्पर्कको बेला निकै कम पटक मात्र चरम सुखसम्म पुग्छ । तर अनुसन्धानको अनुसार लगभग ७० प्रतिशत महिलाहरु सेक्सका क्रममा केही पटक मात्र उक्त स्टेजमा पुगेको बताए ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार