Connect with us

यौनस्वास्थ्य

बच्चा जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ?जानी राखौ

Published

on

बच्चा जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ? जानी राखौशिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क

गर्दा वीर्य -शुक्रकीट) योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ?

सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित हुन्छ भन्छन्।

विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो।

 

त्यसैले पति-पत्नीले आफ्ना मनमा भएका दुःख तथा अप्ठयाराहरूलाई खुलस्त रूपमा एक-अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरेर समाधान खोज्नुपर्छ। यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा त्यसका लागि दुवैले केही समय निकाल्नुपर्छ।

कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन्। तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन।

के-कस्ता कुराले यौन क्रियाकलाप सहज बनाउन सहयोग गर्ला ?
सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन्। योनि सुख्खा भएको अनुभव छ भने, प्-थ् वभििथ वा अन्य कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ। केगेल कसरत लाभदायक हुन्छ। यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ।

यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन। कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ। स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सक्नुहुन्छ। असजिलो भएमा बन्द गर्ने, राति नै वा बेस्सरी थाकेको बेला यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन।थकान पक्कै यौन क्रियाकलापमा संलग्न हुन वाधक हुनसक्छ। राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ। थाक्नुभन्दा पहिले नै शिशु सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ। नवजात शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ। हल्का र थोरै तर पटक-पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ। शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गर्दा पनि सहयोग नै पुग्छ। यस्तो अवस्थामा पोषणमा विशेष ध्यान पुर्‍याउनुपर्छ।

के गर्भ रहला ?
शिशुलाई स्तनपान नगराउने धेरैजसो महिला शिशु जन्मिएको यस्तै ४ देखि ६ हप्तामा महिनावारी र्फकन सक्छन्, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ। त्यसपछिका महिनावारीमा ढिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शूक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना बढ्छ। शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ।

तर अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ। मुख्य कुरा के भने, गर्भको भयका कारण यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना अहिले छैन। गर्भावस्थादेखि नै आफ्नो परिवारको योजना गर्न सकिए सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ।

स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई -डिपो) प्रयोग गर्न सकिन्छ। कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने भयो।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यौनस्वास्थ्य

कण्डमको विज्ञापनले विवादमा सनी

Published

on

मुम्बई- भारतीय रियालिटी शो ‘बीग बोस’ हुँदै फिल्म ‘जिष्म २’बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार सनी लिअोन बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी उन लाई सोही विज्ञापनले विवादमा ल्याएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनमाथि गोवाका नेता प्रान्सिस्को सिल्वेरियाले आपत्ति जनाएका छन्। उनले जुन किसिमले कण्डमको प्रचार गरिएको छ, त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने उनले माग गरेका छन्। ती नेताले विज्ञापनका कारण आफूहरु लज्जित भएको बताएका छन्। ‘गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा कण्डमको विज्ञापनको प्रचार भएको छ। यो विज्ञापनको पोष्टर बसमा पनि टाँसिएको छ,’उनले भनेका छन्,’यस्तो किसिमको विज्ञापनबाट हामी गोवाका मानिसहरुलाई के सिकाईरहेका छौं? बसमा विद्यार्थी पनि यात्रा गर्छन। यस्तो विज्ञापनबाट उनीहरुले के सिक्छन्। यस्तो विज्ञापनबाट गोवाका मानिसमा नराम्रो प्रभाव परिरहेको छ।’

मैनफोर्स कण्डमको सद्भावना दुतसमेत रहेकी सनीले यही  कण्डमको विज्ञापनमा अभिनय गर्दा विवाद बढेको हो। यसअघि यो कण्डमको विज्ञापनमा देखिएकी सनी त्यो समयमा पनि विवादमा तानिएकी थिइन्।

यसअघि रिपब्लिकन पार्टी अफ इण्डियाको महिला शाखाले पनि सनीको कण्डम विज्ञापनको विरोध गरेको थियो। उनीहरुले विज्ञापन हेरेर महिलाहरु लज्जित हुनुपरेको जनाएका छन्। आफ्नो विज्ञापनको विरोध भएपछि सनीले आफूले हस्ताक्षर गरेको ब्राण्डको विज्ञापन प्रति आफूले नैतिक जिम्मेवारी लिने गरेको बताएकी छन्।

Continue Reading

यौनस्वास्थ्य

शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता

Published

on

बीबीसी नेपाली। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निष्कर्षको विश्लेषण गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्।

तर कतिपय विज्ञहरुले मानव प्रजनन् दरको पछिल्लो निस्कर्षप्रति आशंका व्यक्त गरेका छन्।

प्रमुख अनुसन्धानकर्ता डा. हागाइ लेभिनले पुरुषको शुक्रकीट घट्ने क्रमका कारण भविष्यमा के होला भनेर आफू “निकै चिन्तित” भएको बताए।

अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको नयाँ सोधका क्रममा सन् १९७३ देखि सन् २०११ सम्म गरिएका १८५ वटा अध्ययनका निस्कर्षको विश्लेषण गरिएको बताइएको छ।

एपिडिमिओलोजिस्ट समेत रहेका डाक्टर लेभिनले बीबीसीसँग भने अहिलेको क्रम जारी रहेका मानव जाति नै लोप हुन सक्छ।

‘चाखलाग्दो’

“हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु।”हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु डा. हागाइ लेभिन, प्रमुख अनुसन्धानकर्ता, हिब्रु विश्वविद्यालय

“अन्ततोगत्वा हामीले प्रजनन् सम्बन्धी समस्याहरु भोग्नुपर्ने हुन सक्छ र त्यसले मानव प्रजातिलाई नै लोपको संघारमा पुर्‍याउन सक्छ।” तर सो अध्ययनमा प्रत्यक्ष रुपमा संलग्न नभएका वैज्ञानिकहरुले अध्ययनको गुणस्तरको प्रशंसा गरेका छन् तर त्यसैका आधारमा यस्तो निस्कर्षमा पुग्न नसकिने बताएका छन्।

जेरुसलेमको हिब्रु विश्वविद्यालयका डाक्टर लेभिनले अध्ययनको क्रममा पुरुषहरुको शुक्राणुमा ५२.४%ले कमी आएको पत्ता लगाएका छन्। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषको कुल शुक्रकीटको संख्यामा ५९.३% ले कमी आएको पाइएको बताइएको छ।

त्यो अध्ययनका अनुसार ती देशका पुरुषको शुक्रकीटमा कमी आउने क्रम जारी छ र सम्भवत त्यो बढीरहेको हुन सक्छ।

अध्ययनका क्रममा दक्षिण अमेरिका, एसिया र अफ्रिकाका पुरुषका शुक्रकीटको संख्यामा कमी नआएको पाइएपनि ती महादेशमा पर्याप्त अध्ययन नभएको बताइएको छ। तर डाक्टर लेभिनको चिन्ता छ ती महादेशमा पनि पुरुषको शुक्रकीटको संख्यामा कमी आउने क्रम जारी रहन सक्छ।

Source http://www.bbc.com/nepali/40724541

Continue Reading

यौनस्वास्थ्य

यस्तो रहेछ महिलाहरुको यौन सन्तुष्टिको राज

Published

on

महिलाहरु यौनसम्पर्कको एक क्षणमा लगातार २० पटक चरम सुख (ओर्गेज्म) मा पुगेपछि मात्र सन्तुष्ट हुन्छन् । यसको खुलासा हालै बेलायती अखबार ‘मिरर’मा छापिएको एक रिपोर्टले गरेको हो ।

रिपोर्टको अनुसार अनुसन्धानमा दुई प्रतिशत महिलाहरु लगातार २० पटक चरम सुख प्राप्त गर्छन्, जब आठ प्रतिशत महिलाहरु लगातार १० पटक चरम सुखपछि सन्तुष्ट हुन्छन् । सेलिब्रेटी सेक्सुअल विशेषज्ञ डा डेल्विन र डा क्रिस्टीनी वेबरले यस विषयमा अनलाइन सर्वेक्षण गरेका थिए ।

उक्त सर्वेक्षणमा २० देखि २४ वर्षसम्मका कुल १२ सय ५० महिलाहरुले भाग लिएका थिए । सर्वेमा उनीहरुसँग यौनक्रियामा कामोत्तेजनाको बारेमा सोधिएको थियो । डा डेल्विनका अनुसार यौनसम्पर्कको बेला निकै कम पटक मात्र चरम सुखसम्म पुग्छ । तर अनुसन्धानको अनुसार लगभग ७० प्रतिशत महिलाहरु सेक्सका क्रममा केही पटक मात्र उक्त स्टेजमा पुगेको बताए ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार