Connect with us

यौनस्वास्थ्य

डाक्टरको सल्लाहः नथुपार्नुस् वीर्य (समस्या र समाधान)

Published

on

के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?

माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको छैन ? समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा पनि उत्तिकै छ ।

कन्सल्टेन्ट, युरोलोजिस्ट डा दीपक रौनियार प्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दा ठूलो समस्या नभए पनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ । चिकित्सकका अनुसार अधिकांश पुरुषमा यो समस्या बढ्दै गएको पाइन्छ ।

शिक्षण अस्पताल महाराजगन्जका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्माले खासगरी यौनशक्तिमा कमी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्न जाँदा नआउनेजस्ता समस्या देखिने बताए ।

उनले भने, “प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुकासाथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त रगत बग्न पनि सक्छ ।”

खासै चर्चा नहुने यो रोगले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई असर गरेपछि भने यसका बारेमा बढी कुरा हुन थालेको हो । घरपरिवार छाडेर बाहिर रोजगारीका लागि गएका युवालाई प्रोस्टेटको समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सक बताउँछन् ।

“प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ । एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिएको लेउ लाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ,” डा रौनियारले भने ।

चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौन सम्पर्क हुँदैन त्यसपछि प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौन सम्र्पक गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी सङ्क्रमणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा (काजु, पेस्ता, बदाम, ओखरलगायत) खाने गर्नुपर्ने सम्बद्ध चिकित्सक बताउँछन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यौनस्वास्थ्य

कण्डमको विज्ञापनले विवादमा सनी

Published

on

मुम्बई- भारतीय रियालिटी शो ‘बीग बोस’ हुँदै फिल्म ‘जिष्म २’बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार सनी लिअोन बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी उन लाई सोही विज्ञापनले विवादमा ल्याएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनमाथि गोवाका नेता प्रान्सिस्को सिल्वेरियाले आपत्ति जनाएका छन्। उनले जुन किसिमले कण्डमको प्रचार गरिएको छ, त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने उनले माग गरेका छन्। ती नेताले विज्ञापनका कारण आफूहरु लज्जित भएको बताएका छन्। ‘गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा कण्डमको विज्ञापनको प्रचार भएको छ। यो विज्ञापनको पोष्टर बसमा पनि टाँसिएको छ,’उनले भनेका छन्,’यस्तो किसिमको विज्ञापनबाट हामी गोवाका मानिसहरुलाई के सिकाईरहेका छौं? बसमा विद्यार्थी पनि यात्रा गर्छन। यस्तो विज्ञापनबाट उनीहरुले के सिक्छन्। यस्तो विज्ञापनबाट गोवाका मानिसमा नराम्रो प्रभाव परिरहेको छ।’

मैनफोर्स कण्डमको सद्भावना दुतसमेत रहेकी सनीले यही  कण्डमको विज्ञापनमा अभिनय गर्दा विवाद बढेको हो। यसअघि यो कण्डमको विज्ञापनमा देखिएकी सनी त्यो समयमा पनि विवादमा तानिएकी थिइन्।

यसअघि रिपब्लिकन पार्टी अफ इण्डियाको महिला शाखाले पनि सनीको कण्डम विज्ञापनको विरोध गरेको थियो। उनीहरुले विज्ञापन हेरेर महिलाहरु लज्जित हुनुपरेको जनाएका छन्। आफ्नो विज्ञापनको विरोध भएपछि सनीले आफूले हस्ताक्षर गरेको ब्राण्डको विज्ञापन प्रति आफूले नैतिक जिम्मेवारी लिने गरेको बताएकी छन्।

Continue Reading

यौनस्वास्थ्य

शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता

Published

on

बीबीसी नेपाली। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निष्कर्षको विश्लेषण गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्।

तर कतिपय विज्ञहरुले मानव प्रजनन् दरको पछिल्लो निस्कर्षप्रति आशंका व्यक्त गरेका छन्।

प्रमुख अनुसन्धानकर्ता डा. हागाइ लेभिनले पुरुषको शुक्रकीट घट्ने क्रमका कारण भविष्यमा के होला भनेर आफू “निकै चिन्तित” भएको बताए।

अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको नयाँ सोधका क्रममा सन् १९७३ देखि सन् २०११ सम्म गरिएका १८५ वटा अध्ययनका निस्कर्षको विश्लेषण गरिएको बताइएको छ।

एपिडिमिओलोजिस्ट समेत रहेका डाक्टर लेभिनले बीबीसीसँग भने अहिलेको क्रम जारी रहेका मानव जाति नै लोप हुन सक्छ।

‘चाखलाग्दो’

“हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु।”हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु डा. हागाइ लेभिन, प्रमुख अनुसन्धानकर्ता, हिब्रु विश्वविद्यालय

“अन्ततोगत्वा हामीले प्रजनन् सम्बन्धी समस्याहरु भोग्नुपर्ने हुन सक्छ र त्यसले मानव प्रजातिलाई नै लोपको संघारमा पुर्‍याउन सक्छ।” तर सो अध्ययनमा प्रत्यक्ष रुपमा संलग्न नभएका वैज्ञानिकहरुले अध्ययनको गुणस्तरको प्रशंसा गरेका छन् तर त्यसैका आधारमा यस्तो निस्कर्षमा पुग्न नसकिने बताएका छन्।

जेरुसलेमको हिब्रु विश्वविद्यालयका डाक्टर लेभिनले अध्ययनको क्रममा पुरुषहरुको शुक्राणुमा ५२.४%ले कमी आएको पत्ता लगाएका छन्। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषको कुल शुक्रकीटको संख्यामा ५९.३% ले कमी आएको पाइएको बताइएको छ।

त्यो अध्ययनका अनुसार ती देशका पुरुषको शुक्रकीटमा कमी आउने क्रम जारी छ र सम्भवत त्यो बढीरहेको हुन सक्छ।

अध्ययनका क्रममा दक्षिण अमेरिका, एसिया र अफ्रिकाका पुरुषका शुक्रकीटको संख्यामा कमी नआएको पाइएपनि ती महादेशमा पर्याप्त अध्ययन नभएको बताइएको छ। तर डाक्टर लेभिनको चिन्ता छ ती महादेशमा पनि पुरुषको शुक्रकीटको संख्यामा कमी आउने क्रम जारी रहन सक्छ।

Source http://www.bbc.com/nepali/40724541

Continue Reading

यौनस्वास्थ्य

यस्तो रहेछ महिलाहरुको यौन सन्तुष्टिको राज

Published

on

महिलाहरु यौनसम्पर्कको एक क्षणमा लगातार २० पटक चरम सुख (ओर्गेज्म) मा पुगेपछि मात्र सन्तुष्ट हुन्छन् । यसको खुलासा हालै बेलायती अखबार ‘मिरर’मा छापिएको एक रिपोर्टले गरेको हो ।

रिपोर्टको अनुसार अनुसन्धानमा दुई प्रतिशत महिलाहरु लगातार २० पटक चरम सुख प्राप्त गर्छन्, जब आठ प्रतिशत महिलाहरु लगातार १० पटक चरम सुखपछि सन्तुष्ट हुन्छन् । सेलिब्रेटी सेक्सुअल विशेषज्ञ डा डेल्विन र डा क्रिस्टीनी वेबरले यस विषयमा अनलाइन सर्वेक्षण गरेका थिए ।

उक्त सर्वेक्षणमा २० देखि २४ वर्षसम्मका कुल १२ सय ५० महिलाहरुले भाग लिएका थिए । सर्वेमा उनीहरुसँग यौनक्रियामा कामोत्तेजनाको बारेमा सोधिएको थियो । डा डेल्विनका अनुसार यौनसम्पर्कको बेला निकै कम पटक मात्र चरम सुखसम्म पुग्छ । तर अनुसन्धानको अनुसार लगभग ७० प्रतिशत महिलाहरु सेक्सका क्रममा केही पटक मात्र उक्त स्टेजमा पुगेको बताए ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार