Connect with us

आयुर्वेदिक

यी हुन् तनावबाट मुक्ति दिलाउने जडीबुटी

Published

on

मानसिक तनाव बढेसँगै शरीरमा रक्तचापको मात्रा बढ्छ । तनाव समयमै व्यवस्थापन गरिएन भने यसले अर्को रोग निम्त्याउँछ । तनाव व्यवस्थापनका विभिन्न तरिका हुन्छन् । केही विधिबाट तनावले उत्पन्न प्रभावलाई न्यून गर्न सकिन्छ । तनाव न्यून गर्न वा यसबाट मुक्ति पाउन प्राकृतिक जडिबुटि वा बिरुवा पनि प्रभावकारी साबित भएका छन् ।

तुलसी  : तुलसी प्राचीन कालदेखि नै तनाव मेटाउने औषधिको रुपमा प्रयोग हँुदै आएको छ । यसले दिमाग शान्त बनाउछ । दिमागको कमजोरीबाट मुक्त गर्छ र मुडलाई आनन्द प्रदान गर्छ । एक गिलास पानीमा २ देखि ३ एमएल तुलसीको थोपा मिसाएर पिउँदा तनाव व्यवस्थापनमा धेरै सहयोग गर्छ । तुलसीलाई चियाको रुपमा वा पत्ता पनि खान सकिन्छ । दैनिक ८ देखि १० ओटा तुलसीको पात चपाउँदा तनाव न्यून हुन्छ ।

क्यामोमाईल : बाबरीसमेत भनिने यो जडिबुटि तनावबाट बँच्न निकै प्रभावकारी र महत्वपूर्ण मानिन्छ । यसलाई चियाको रुपमा पनि खान सकिन्छ । बाबरीको सुकेको फूलको धुलोलाई पिसेर खान सकिन्छ । दिनहुँ आधा चम्चा यसको धुलो एक गिलास तातो पानीमा मिसाएर पिउँदा तनावबाट मुक्ति दिलाउँछ । निदाउन नसक्ने मानिसका लागि यो निकै प्रभावकारी मानिन्छ । सुत्नुअगाडि दिनहुँ यो पानी पिउँदा गहिरो निद्रा लाग्छ ।

अश्वगन्धा : आर्युवेदमा तनाव अन्त्य गर्ने सबैभन्दा महत्वपूर्ण औषधिको रुपमा अश्वगन्धालाई मानिन्छ । यसले तनावबाट शान्त पार्ने, चिन्ता घटाउने र दिमागमा प्रतिरोधी क्षमता बढाउछ । यसलाई सुख्खा वा झोलको रुपमा प्रयोग गर्न सकिन्छ । दिनमा दुईदेखि तीनपटक अश्वगन्धा खाँदा यसले राम्रो परिणाम दिन्छ । तनावका अतिरिक्त यो पुरुष र महिला उर्वरतामा पनि प्रयोग हुन्छ ।

प्यासन फलावर : तनाव अन्त्य गर्न तथा गहिरो निद्राका लागि प्यासनको फूल पनि उत्तिकै प्रभावकारी हुन्छ । यसलाई चियाको रुपमा वा तातो पानीमा यसको फूलको धुलोलाई मिसाएर खान सकिन्छ । फूलबाट निस्कने रसलाई तपाईंले नुहाउने पानीमा मिसाउँदा दिमागलाई आराम मिल्नुका साथै फूर्तिलो पनि बनाउँछ ।

लाभेन्डरको फूल : हल्का निलो रंगको सुगन्धित र वासनायुक्त यो फूलले आनन्द र तनावबाट मुक्त गराउँछ । यसको सुख्खा पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई तेलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । शरीरमा छर्किने अत्तर पनि यो फूलबाट  बनाइन्छ । तेलको रुपमा यसलाई घस्दा तनाव र चिन्ता अन्त्य गर्छ


– एजेन्सी

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आयुर्वेदिक

यो हो ब्लड प्रेशर हटाउने मिठो फल

Published

on

ब्लड प्रेशर आधुनिक जीवनशैलीको बीमारीका रुपमा लिइन्छ । यसलाई ‘साइलेन्ट किलर’ भन्ने गरिन्छ ।

मुटुको धमनीहरूमा प्रेशर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेशर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेशर भन्ने गरिन्छ । टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् ।

हाई ब्लड प्रेशर एक गम्भीर समस्या मानिन्छ । हाई ब्लड प्रेशरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूलाई नोक्सान पुग्छ ।

हाई ब्लड प्रेशर भयो भने हार्ट अटैक, किडनीमा खराबी जस्ता समस्या हुने संभावना बढ्ने गर्छ । खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ ।

यी समस्याबाट धेरै तनाव लिन जुरुरी छन । किन कि खजूरको मद्दतले ब्लड प्रेशर कंट्रोल सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ ।

यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ । खजूरमा पोटैशियम भरपूर पाइनुका साथै सोडियमबाट मुक्त हुन्छ । खजूरको ड्राई फ्रूटको श्रेणीमा राख्ने गरिन्छ ।

प्रत्येक दिन बिहान नाश्ताका बेला तीन वटा दाना खजूर खादा राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा उपयुक्त हुन्छ ।

यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ । खजूरलाई बिहान नाश्तासँग सधै पनि खान सकिन्छ । तर, ब्लड प्रेशर हुने व्यक्तिले आफ्नो खानपानलाई सधै ध्यान दिनुपर्छ ।

ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ । हाई ब्लड प्रेशर हुने व्यक्तिले डाक्टरद्वारा तोकिएको औषधि पनि नियमित रूप सेवन गर्नुपर्छ । खजूर खाएर ब्लड प्रेशर कम भएको छ भने त्यसको जानकारी चिकित्सकलाई दिनुपर्छ ।

Continue Reading

आयुर्वेदिक

घुँडा दुख्छ ? यसरी गर्नुहोस आयुर्वेदिक उपचार

Published

on

आजभोलि घुँडा दुख्नु धेरै व्यक्तिहरूको साझा समस्या भइसकेको छ । घुँडाले हाम्रो दैनिक क्रियाकलाप जस्तै हिंड्डुल, दौड आदिका लागि शरीरको सम्पूर्ण भारलाई उठाएको हुन्छ । जब यसमा कुनै समस्या भई दुख्न थाल्छ अनि हामी घुँडा दुखेको अनुभव गर्दछौं ।

 

घुँडा दुख्नुलाई आयुर्वेदमा वात रोग भनिन्छ । वात रोग पनि ८४ प्रकारका हुन्छन् । वात रोगका कारणले गर्दा नै घुँडा दुख्छ किनकि वात रोगमा मुख्यतस् जोर्नीहरू नै प्रभावित हुन्छन । यसका मुख्य कारणहरूमध्ये वातावरणअनुसार रहनसहन र खानपान नहुनु, वंशाणुगत, उमेर, मोटोपन आदि हुन् । घुँडा दुख्दा वात रोगअनुसार विभिन्न लक्षणहरू देखा पर्दछ, घुँडा सुन्निनु, रातो हुनु, हिंड्दा कटकट गर्नु, तन्काउन गाह्रो हुनु आदि । कहिलेकाहीँ दुखाइ यति बढ्छ कि जसले गर्दा रोगीलाई हिंड्डुल गर्न समेत गाह्रो हुन्छ ।

यस्ता लक्षणहरू देखा परेमा कहिल्यै पनि आफूखुशी औषधिसेवन नगरी चिकित्सकलाई तुरुन्त देखाइ हाल्नुपर्दछ । यस रोगको उपचार विभिन्न चिकित्सा पद्धतिहरूद्वारा गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा पनि यसको राम्रो उपचार विधि छ । आयुर्वेदका चिकित्सक, कविराज, वैद्यको सल्लाहअनुसार औषधिसेवन गरे यो रोग सधैंका लागि निको हुन्छ । आयुर्वेदमा घुँडा दुख्नुको उपचारमा सबभन्दा पहिले रोग पत्ता लगाइ शोधन चिकित्सा गरिन्छ, जसलाई पञ्चकर्म भनिन्छ । यसमा रोगीलाई पहिले दिपन पाचनको औषधि दिई पछि रोगअनुसार स्नेहन, स्वेदन गरिन्छ । यदि घुँडा बढी सुन्निएको छ भने त्यसलाई स्नेहन नगरी बालुवा स्वेदन गरिन्छ अर्थात् बालुवलाई तताइ कपडामा पोको पारेर सुन्निएको ठाउँमा सेक्ने क्रिया गरिन्छ ।

यदि सुन्निएको छैन भने स्नेहन र स्वेदन गरी त्यसपछि रोगअनुसार वस्ति प्रयोग गरिन्छ अर्थात् गुदामार्गबाट औषधियुक्त तेल वा औषधि द्रव्य तयार पारेर पठाइन्छ ।

पञ्चकर्मको प्रक्रियापछि रोगीलाई निम्नानुसारका औषधिहरू उचित मात्रानुसार सेवन गराइन्छ । औषधिहरूमा महायोगराज गुग्गुल, त्रयोदभांकद एरन्ड तैल, महारास्नादी काठा, दशमूल चूर्ण, वृहतवात चिन्तामणि रस छन् । यसका साथै पञ्च परहेज र व्यायाम योगा गर्नुपर्दछ ।

 

डा. रमेश मिश्र,

Continue Reading

आयुर्वेदिक

बच्चालाई कब्जियत भयो भने के गर्ने ?

Published

on

कब्जियत प्राय स्तनपायी बच्चामा हुने गर्दछ । यस रोगलाई हटाउनको लागि आमा तथा बच्चालाई कहिल्यै पनि विभिन्न औषधीहरु दिनुहुदैन । रोगीलाई तातो पानी पिलाउने, गुद्धद्धारमा ग्लीसिरिनको बत्ति दिने । २० ग्राम अरण्डीको तेल पिचकारीद्धारा गुद्धद्धारमा पठाइ दिने या एनिमा दिनाले यो रोग ठीक हुन जान्छ ।

 

कब्जियतको उपचारको लागि कम्मरको चारैतिर चिसो पानीले भिजाएर निचोरिएको कपडा १ वा २ घण्टासम्म बाँधिदिने र माथिबाट ओभानो उनीको कपडाले ढाकिदिनु वा बाँधिदिनुपर्दछ । त्यसपछि मन तातो पानीको एनिमा दिनुपर्दछ । यसको अतिरिक्त रोगीको पेटमा तातो चिसो सेक दिई विस्तार विस्तार मालिस गर्ने, प्रशस्त पानी पिउन दिने र भोजनको मात्रा घटाइ दिने ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार