Connect with us

आयुर्वेदिक

उल्टी भईराख्ने, भोक नलाग्ने ,जण्डिस र कमलपित्त निको पार्ने एउटै अचुक फल

Published

on

आयुर्वे्दिक मतानुसार हर्रोमा पाँचै रस मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन् ।

 

दाद आएमा

हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

 

जण्डिस,कमलपित्त

एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहानरवेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ । हर्रो को टुक्रो चपाएर खानाले भोक बढ्दछ।

 

सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल मुखमा आउँने खटिरा नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।

 

सानो हर्रो लाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।

 

काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।

 

हर्रो को चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त एसिडिटी को सिकायत रहन्न। निर्मुल हुन्छ।

 

हर्रो को चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न। हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ ।

 

-osnepal बाट 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आयुर्वेदिक

यो हो ब्लड प्रेशर हटाउने मिठो फल

Published

on

ब्लड प्रेशर आधुनिक जीवनशैलीको बीमारीका रुपमा लिइन्छ । यसलाई ‘साइलेन्ट किलर’ भन्ने गरिन्छ ।

मुटुको धमनीहरूमा प्रेशर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेशर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेशर भन्ने गरिन्छ । टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् ।

हाई ब्लड प्रेशर एक गम्भीर समस्या मानिन्छ । हाई ब्लड प्रेशरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूलाई नोक्सान पुग्छ ।

हाई ब्लड प्रेशर भयो भने हार्ट अटैक, किडनीमा खराबी जस्ता समस्या हुने संभावना बढ्ने गर्छ । खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ ।

यी समस्याबाट धेरै तनाव लिन जुरुरी छन । किन कि खजूरको मद्दतले ब्लड प्रेशर कंट्रोल सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ ।

यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ । खजूरमा पोटैशियम भरपूर पाइनुका साथै सोडियमबाट मुक्त हुन्छ । खजूरको ड्राई फ्रूटको श्रेणीमा राख्ने गरिन्छ ।

प्रत्येक दिन बिहान नाश्ताका बेला तीन वटा दाना खजूर खादा राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा उपयुक्त हुन्छ ।

यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ । खजूरलाई बिहान नाश्तासँग सधै पनि खान सकिन्छ । तर, ब्लड प्रेशर हुने व्यक्तिले आफ्नो खानपानलाई सधै ध्यान दिनुपर्छ ।

ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ । हाई ब्लड प्रेशर हुने व्यक्तिले डाक्टरद्वारा तोकिएको औषधि पनि नियमित रूप सेवन गर्नुपर्छ । खजूर खाएर ब्लड प्रेशर कम भएको छ भने त्यसको जानकारी चिकित्सकलाई दिनुपर्छ ।

Continue Reading

आयुर्वेदिक

घुँडा दुख्छ ? यसरी गर्नुहोस आयुर्वेदिक उपचार

Published

on

आजभोलि घुँडा दुख्नु धेरै व्यक्तिहरूको साझा समस्या भइसकेको छ । घुँडाले हाम्रो दैनिक क्रियाकलाप जस्तै हिंड्डुल, दौड आदिका लागि शरीरको सम्पूर्ण भारलाई उठाएको हुन्छ । जब यसमा कुनै समस्या भई दुख्न थाल्छ अनि हामी घुँडा दुखेको अनुभव गर्दछौं ।

 

घुँडा दुख्नुलाई आयुर्वेदमा वात रोग भनिन्छ । वात रोग पनि ८४ प्रकारका हुन्छन् । वात रोगका कारणले गर्दा नै घुँडा दुख्छ किनकि वात रोगमा मुख्यतस् जोर्नीहरू नै प्रभावित हुन्छन । यसका मुख्य कारणहरूमध्ये वातावरणअनुसार रहनसहन र खानपान नहुनु, वंशाणुगत, उमेर, मोटोपन आदि हुन् । घुँडा दुख्दा वात रोगअनुसार विभिन्न लक्षणहरू देखा पर्दछ, घुँडा सुन्निनु, रातो हुनु, हिंड्दा कटकट गर्नु, तन्काउन गाह्रो हुनु आदि । कहिलेकाहीँ दुखाइ यति बढ्छ कि जसले गर्दा रोगीलाई हिंड्डुल गर्न समेत गाह्रो हुन्छ ।

यस्ता लक्षणहरू देखा परेमा कहिल्यै पनि आफूखुशी औषधिसेवन नगरी चिकित्सकलाई तुरुन्त देखाइ हाल्नुपर्दछ । यस रोगको उपचार विभिन्न चिकित्सा पद्धतिहरूद्वारा गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा पनि यसको राम्रो उपचार विधि छ । आयुर्वेदका चिकित्सक, कविराज, वैद्यको सल्लाहअनुसार औषधिसेवन गरे यो रोग सधैंका लागि निको हुन्छ । आयुर्वेदमा घुँडा दुख्नुको उपचारमा सबभन्दा पहिले रोग पत्ता लगाइ शोधन चिकित्सा गरिन्छ, जसलाई पञ्चकर्म भनिन्छ । यसमा रोगीलाई पहिले दिपन पाचनको औषधि दिई पछि रोगअनुसार स्नेहन, स्वेदन गरिन्छ । यदि घुँडा बढी सुन्निएको छ भने त्यसलाई स्नेहन नगरी बालुवा स्वेदन गरिन्छ अर्थात् बालुवलाई तताइ कपडामा पोको पारेर सुन्निएको ठाउँमा सेक्ने क्रिया गरिन्छ ।

यदि सुन्निएको छैन भने स्नेहन र स्वेदन गरी त्यसपछि रोगअनुसार वस्ति प्रयोग गरिन्छ अर्थात् गुदामार्गबाट औषधियुक्त तेल वा औषधि द्रव्य तयार पारेर पठाइन्छ ।

पञ्चकर्मको प्रक्रियापछि रोगीलाई निम्नानुसारका औषधिहरू उचित मात्रानुसार सेवन गराइन्छ । औषधिहरूमा महायोगराज गुग्गुल, त्रयोदभांकद एरन्ड तैल, महारास्नादी काठा, दशमूल चूर्ण, वृहतवात चिन्तामणि रस छन् । यसका साथै पञ्च परहेज र व्यायाम योगा गर्नुपर्दछ ।

 

डा. रमेश मिश्र,

Continue Reading

आयुर्वेदिक

बच्चालाई कब्जियत भयो भने के गर्ने ?

Published

on

कब्जियत प्राय स्तनपायी बच्चामा हुने गर्दछ । यस रोगलाई हटाउनको लागि आमा तथा बच्चालाई कहिल्यै पनि विभिन्न औषधीहरु दिनुहुदैन । रोगीलाई तातो पानी पिलाउने, गुद्धद्धारमा ग्लीसिरिनको बत्ति दिने । २० ग्राम अरण्डीको तेल पिचकारीद्धारा गुद्धद्धारमा पठाइ दिने या एनिमा दिनाले यो रोग ठीक हुन जान्छ ।

 

कब्जियतको उपचारको लागि कम्मरको चारैतिर चिसो पानीले भिजाएर निचोरिएको कपडा १ वा २ घण्टासम्म बाँधिदिने र माथिबाट ओभानो उनीको कपडाले ढाकिदिनु वा बाँधिदिनुपर्दछ । त्यसपछि मन तातो पानीको एनिमा दिनुपर्दछ । यसको अतिरिक्त रोगीको पेटमा तातो चिसो सेक दिई विस्तार विस्तार मालिस गर्ने, प्रशस्त पानी पिउन दिने र भोजनको मात्रा घटाइ दिने ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार