Connect with us

आयुर्वेदिक

के तपाईंको घरमा रोप्नुभएको छ यी ७ बिरुवा ? थाहा पाउनुहोस् फाइदाहरु

Published

on

एजेन्सी । बाहिरी वातावरण जति नै फोहोर र प्रदुषणयुक्त भएपनि आफ्नो घरभित्र भने सबैलाई स्वच्छ हावा नै मन पर्छ । यसैका लागि मान्छेले घरभित्र विभिन्न बोटविरुवाहरु रोप्ने गरेका छन् । के तपाईलाई थाहा छ किन यस्ता विरुवाहरु महत्वपूर्ण हुन्छन् ?

 

पर्यावरणविदका अनुसार घरभित्र बोटविरुवाहरु रोप्नाले घरआँगनको हावा सफा रहन्छ । यसले कतिपय ब्याक्टेरियाहरुलाई पनि विनाश गर्न सक्छ । यसैकारण ती विरुवाहरु फाइदाजनक हुन्छन् । थाहा पाइराख्नुहोस् त्यस्ता ७ विरुवाहरु जुन घरभित्र रोप्दा फाइदाकारक हुन्छन् ।

 

 

१. तुलसी

यसको विरुवाले रातदिन अक्सिजन फ्याक्ने हुनाले यसले प्रदुषणलाई नियन्त्रण गर्छ र ब्याक्टेरियाहरुको विनाश पनि गर्न सक्छ । यसले नकारात्मक एनर्जीलाई खतम गर्ने विश्वास गरिन्छ । यसले रुघाखोकी र ज्वोरोलाई कम गर्न समेत प्रभावकारी काम गर्ने हुनाले यसलाई घरमा लगाउनुका धेरै फाइदाहरु छन् । साथै छाला सम्बन्धी रोगहरुलाई पनि यसले ठिक गर्न सक्छ र मुख गनाउने समस्याबाट समेत राहत् दिलाउन सक्छ ।

 

 

२. घिउकुमारी (एलोभेरा)

हावा स्वच्छ राख्नुका साथै यसमा धेरै मात्रामा भिटामिन्स, मिनिरल्स, एमिनो एसिड र फाइबर्सहरु पनि पर्याप्त मात्रामा हुन्छन् । पोलेको घाउहरुमा, काटेकोमा यसको प्रयोग गर्दा पनि धेरै राहत पाउन सकिन्छ । यससँगै यसले कपाल र छालालाई पनि फाइदा गराउँछ । यसको जुस पेटका लागि अत्यन्तै फाइदाकारक हुन्छ ।

 

 

३.  सयपत्री

हावालाई प्रदुषणमुक्त गराउनुका साथै यस फूलका पातहरुमा पर्याप्त मात्रामा एन्टिबायोटिकको गुण हुने भएकाले यसले लामखुट्टेलाई टाढा राख्न समेत मद्दत् गर्छ । छालासम्बन्धी रोग र चोटपटक लागेका बेलामा यसको फूलको रसले धेरै हल्का गराउन सक्छ । यसका पातहरुलाई पानीमा उमालेर कुल्ला गर्दा यसले दाँतको दुखाइलाई कम गराउँछ ।

 

 

४.  करी पत्ता

यसले खानामा स्वाद बढाउनुको साथै यसको प्रयोगले कपाललाई स्वस्थ्य राख्न र रगत स्वच्छ राख्न पनि मद्दत् गर्छ । यसले डाइजेसन ठीक गराउँछ र मोटोपना कम गराउन पनि मद्दत गर्छ । डायविटिज नियन्त्रण गर्न र पोलेको घाउ ठीक गर्न पनि यसलाई प्रभावकारी मानिन्छ ।

 

 

५. चमेली

यसले हावामा भएका टक्सिनहरुलाई हटाउन मद्दत् गर्छ र यसको फूलको बास्नाले घरमा ताजापनको महसुस गराउँछ । मुखमा घाउ आएमा र पेटमा किरा परेमा यसको पातहरु चबाउनु भयो भने धेरै राहत हुन्छ । टाउको दुखेमा यसको फुलको लेप लगायो भने प्रभावकारी हुन सक्छ ।

 

 

६. अनार

यसको बिरुवाले प्रदुषण कम गराउँछ । यसमा भिटमिन ए, सी र ई र यसका साथै फलिक एसिड र एन्टिब्याक्टेरियल र एन्टि भायरल तत्वहरु प्रशस्त मात्रामा हुने हुनाले यसलाई विभिन्न कुरामा उपयोग गर्न सकिन्छ र यसका थुप्रै फाइदाहरु छन् । यसको रसमा एन्टिएजिङ र एन्टिअक्सिडेन्ट तत्वहरु पनि हुन्छन् जसले रगत बढाउन मद्दत गर्छ । यसले छालालाई विभिन्न समस्याहरुबाट टाढा राख्दै रगत सफा राख्दछ ।

 

७.  ल्याभेन्डर

यसले घरभित्रको हावालाई स्वच्छ राख्छ र वरिपरिको ब्याक्टेरिया र किराहरुलाई मार्छ । यसलाई घरमा राख्दा लामखुट्टेहरु समेत टाढा रहन्छन् । यसको फूलको रसले छालाको समस्यालाई राहत दिलाउँछ र टाउको दुखेको एवम् माइग्रेनलाई पनि ठीक गर्न सक्छ । यसले अनिद्राको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आयुर्वेदिक

यो हो ब्लड प्रेशर हटाउने मिठो फल

Published

on

ब्लड प्रेशर आधुनिक जीवनशैलीको बीमारीका रुपमा लिइन्छ । यसलाई ‘साइलेन्ट किलर’ भन्ने गरिन्छ ।

मुटुको धमनीहरूमा प्रेशर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेशर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेशर भन्ने गरिन्छ । टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् ।

हाई ब्लड प्रेशर एक गम्भीर समस्या मानिन्छ । हाई ब्लड प्रेशरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूलाई नोक्सान पुग्छ ।

हाई ब्लड प्रेशर भयो भने हार्ट अटैक, किडनीमा खराबी जस्ता समस्या हुने संभावना बढ्ने गर्छ । खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ ।

यी समस्याबाट धेरै तनाव लिन जुरुरी छन । किन कि खजूरको मद्दतले ब्लड प्रेशर कंट्रोल सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ ।

यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ । खजूरमा पोटैशियम भरपूर पाइनुका साथै सोडियमबाट मुक्त हुन्छ । खजूरको ड्राई फ्रूटको श्रेणीमा राख्ने गरिन्छ ।

प्रत्येक दिन बिहान नाश्ताका बेला तीन वटा दाना खजूर खादा राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा उपयुक्त हुन्छ ।

यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ । खजूरलाई बिहान नाश्तासँग सधै पनि खान सकिन्छ । तर, ब्लड प्रेशर हुने व्यक्तिले आफ्नो खानपानलाई सधै ध्यान दिनुपर्छ ।

ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ । हाई ब्लड प्रेशर हुने व्यक्तिले डाक्टरद्वारा तोकिएको औषधि पनि नियमित रूप सेवन गर्नुपर्छ । खजूर खाएर ब्लड प्रेशर कम भएको छ भने त्यसको जानकारी चिकित्सकलाई दिनुपर्छ ।

Continue Reading

आयुर्वेदिक

घुँडा दुख्छ ? यसरी गर्नुहोस आयुर्वेदिक उपचार

Published

on

आजभोलि घुँडा दुख्नु धेरै व्यक्तिहरूको साझा समस्या भइसकेको छ । घुँडाले हाम्रो दैनिक क्रियाकलाप जस्तै हिंड्डुल, दौड आदिका लागि शरीरको सम्पूर्ण भारलाई उठाएको हुन्छ । जब यसमा कुनै समस्या भई दुख्न थाल्छ अनि हामी घुँडा दुखेको अनुभव गर्दछौं ।

 

घुँडा दुख्नुलाई आयुर्वेदमा वात रोग भनिन्छ । वात रोग पनि ८४ प्रकारका हुन्छन् । वात रोगका कारणले गर्दा नै घुँडा दुख्छ किनकि वात रोगमा मुख्यतस् जोर्नीहरू नै प्रभावित हुन्छन । यसका मुख्य कारणहरूमध्ये वातावरणअनुसार रहनसहन र खानपान नहुनु, वंशाणुगत, उमेर, मोटोपन आदि हुन् । घुँडा दुख्दा वात रोगअनुसार विभिन्न लक्षणहरू देखा पर्दछ, घुँडा सुन्निनु, रातो हुनु, हिंड्दा कटकट गर्नु, तन्काउन गाह्रो हुनु आदि । कहिलेकाहीँ दुखाइ यति बढ्छ कि जसले गर्दा रोगीलाई हिंड्डुल गर्न समेत गाह्रो हुन्छ ।

यस्ता लक्षणहरू देखा परेमा कहिल्यै पनि आफूखुशी औषधिसेवन नगरी चिकित्सकलाई तुरुन्त देखाइ हाल्नुपर्दछ । यस रोगको उपचार विभिन्न चिकित्सा पद्धतिहरूद्वारा गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा पनि यसको राम्रो उपचार विधि छ । आयुर्वेदका चिकित्सक, कविराज, वैद्यको सल्लाहअनुसार औषधिसेवन गरे यो रोग सधैंका लागि निको हुन्छ । आयुर्वेदमा घुँडा दुख्नुको उपचारमा सबभन्दा पहिले रोग पत्ता लगाइ शोधन चिकित्सा गरिन्छ, जसलाई पञ्चकर्म भनिन्छ । यसमा रोगीलाई पहिले दिपन पाचनको औषधि दिई पछि रोगअनुसार स्नेहन, स्वेदन गरिन्छ । यदि घुँडा बढी सुन्निएको छ भने त्यसलाई स्नेहन नगरी बालुवा स्वेदन गरिन्छ अर्थात् बालुवलाई तताइ कपडामा पोको पारेर सुन्निएको ठाउँमा सेक्ने क्रिया गरिन्छ ।

यदि सुन्निएको छैन भने स्नेहन र स्वेदन गरी त्यसपछि रोगअनुसार वस्ति प्रयोग गरिन्छ अर्थात् गुदामार्गबाट औषधियुक्त तेल वा औषधि द्रव्य तयार पारेर पठाइन्छ ।

पञ्चकर्मको प्रक्रियापछि रोगीलाई निम्नानुसारका औषधिहरू उचित मात्रानुसार सेवन गराइन्छ । औषधिहरूमा महायोगराज गुग्गुल, त्रयोदभांकद एरन्ड तैल, महारास्नादी काठा, दशमूल चूर्ण, वृहतवात चिन्तामणि रस छन् । यसका साथै पञ्च परहेज र व्यायाम योगा गर्नुपर्दछ ।

 

डा. रमेश मिश्र,

Continue Reading

आयुर्वेदिक

बच्चालाई कब्जियत भयो भने के गर्ने ?

Published

on

कब्जियत प्राय स्तनपायी बच्चामा हुने गर्दछ । यस रोगलाई हटाउनको लागि आमा तथा बच्चालाई कहिल्यै पनि विभिन्न औषधीहरु दिनुहुदैन । रोगीलाई तातो पानी पिलाउने, गुद्धद्धारमा ग्लीसिरिनको बत्ति दिने । २० ग्राम अरण्डीको तेल पिचकारीद्धारा गुद्धद्धारमा पठाइ दिने या एनिमा दिनाले यो रोग ठीक हुन जान्छ ।

 

कब्जियतको उपचारको लागि कम्मरको चारैतिर चिसो पानीले भिजाएर निचोरिएको कपडा १ वा २ घण्टासम्म बाँधिदिने र माथिबाट ओभानो उनीको कपडाले ढाकिदिनु वा बाँधिदिनुपर्दछ । त्यसपछि मन तातो पानीको एनिमा दिनुपर्दछ । यसको अतिरिक्त रोगीको पेटमा तातो चिसो सेक दिई विस्तार विस्तार मालिस गर्ने, प्रशस्त पानी पिउन दिने र भोजनको मात्रा घटाइ दिने ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार